नियम १११
फैसला लेख्दा खुलाउनु पर्ने ब्यहोरा
न्यायाधीशले आफ्नो फैसला वा अन्तिम आदेशमा देहायका कुराहरू प्रकरण छुट्याई स्पष्ट रूपमा खुलाउनु पर्छः (क) मुद्दाका पक्षहरूको दाबी तथा जिकिर, क । (ख) शुरूको फैसला वा अन्तिम आदेश वा निर्णयको छोटकरी विवरण,

(ग) पुनरावेदनको जिकिर,

(घ) निर्णय दिनु पर्ने विषय,

(ङ) दुवै पक्षले तथ्य र कानून सम्बन्धमा उठाएका प्रश्नहरू,

(च) कानून व्यवसायीको बहसको मुख्य-मुख्य बुँदाहरू,

(छ) पुनरावेदनपत्र वा बहसनोटमा कुनै नजिर वा कानूनी सिद्धान्त उल्लेख गरिएको भए सो नजिर वा सिद्धान्त सान्दर्भिक छ वा छैन भन्ने कुराहरूको स्पष्ट विश्लेषण,

(ज) कारणसहितको निर्णय र त्यसको आधार तथा तत्सम्बन्धी कानूनहरू, र

(झ) «मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा २११ बा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४० बमोजिम प्रत्यर्थीलाई झिकाइएको आदेशमा उल्लेख भएका कुरासँग सहमत नभएमा त्यसको कारण ।